निर्धन उत्थान लघुवित्तको अध्यक्षमा जनार्दन देव पन्त नियुक्त
२२ असोज, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा जर्नादन देव पन्त नियुक्त हुनुभएको छ । असोज २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पन्तलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उहाँलाई असोज २१ गतेदेखि नै लागू हुनेगरी अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । साथै बैठकले यसअघिका अध्यक्ष हरि कृष्ण पन्तको राजीनामा स्वीकृत गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार १०:५५












