२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

दैनिक नयाँ रेकर्ड राख्दै सुनको मूल्य, तोलामा २६ सयले बढ्यो

२२ असोज, काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।  यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ९५५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार १०:४८