१० चैत्र २०८२, मंगलवार | Wed Mar 25 2026

खानीखोला हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँड, साढे ४ लाख कित्ता लिलामीमार्फत बिक्री गरिने

२२ असोज, काठमाडौं । खानीखोला हाइड्रोपावरले गत भदौ ३ देखि असोज ५ गतेसम्म निष्कासन गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ।कम्पनीले निष्कासन गरेको शतप्रतिशत हकप्रद सेयर असोज २१ गते बाँडफाँड गरिएको हो ।

कम्पनीले गत असार २६ गतेसम्म कायम सयेरधनीका लागि प्रति सेयर रु.१०० अंकित दरका कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर  निष्कासन गरेको थियो।

कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएका ४१ लाख ९७ हजार ७९४ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको हो । कुल निष्कासन गरिएको हकप्रदमध्ये ४ लाख ५९ हजार ३४९ कित्ता सेयर भने अवितरित रहेको छ । जुन कम्पनीले लिलामीमार्फत बिक्री गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार १०:३६