२ पुष २०८२, बुधबार | Thu Dec 18 2025

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने म्याद थप

२२ असोज, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदममा आवेदन दिने म्याद थप गरिएको छ । बैंकले गत असोज २ गतेदेखि निष्कासन गरेको हकप्रदमा आवेदन दिने म्याद थप गरिएको हो ।

बैंकले हाल कायम चुक्तापूँजी २६ करोड २४ लाख ६७ हजार ६ सय कित्ताको शतप्रतिशत अर्थात १ः१ अनुपातमा ७० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर जारी गरेको छ । यो हकप्रदमाम आवेदन दिने अन्तिम मिति असोज २२ गते निर्धारण गरिएको थियो । तर मागबमोजिम आवेदन नपरेकाले कात्तिक ९ गतेसम्मका लागि म्याद थप गरिएको छ ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो। यसकाे अर्थ भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

बैंकको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यपिटलका साथै ग्लोबल आइएमई नवलपरासीस्थित भूमरी शाखा र नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय तथा यज्ञपुरी शाखा, टाँडी शाखा, चितवन पर्सा शाखा र नारायणगढ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यस्तै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार १०:०५