३० कार्तिक २०८२, आईतवार | Sun Nov 16 2025

दशैंलक्षित ६२ अर्ब रुपैयाँ बराबरको ‘सुकिला नोट’ बजारमा

२१ असाेज, काठमाडौं । यस वर्षको दशैंमा नेपाल राष्ट्र बैंकले करिब ६२ अर्ब रुपैयाँ भन्दा बढीको सुकिला नोट बजारमा पठाएको छ । राष्ट्र बैंकले दशैंमा पाँच, दश, बिस, पचास र एक सय गरी करिब ६२ अर्ब रुपैयाँ भन्दा बढीको सुकिला नोट बजारमा पठाएको हो।

गत २९ भदौदेखि राष्ट्र बैंकले दशैंको तयारीमा सुकिला नोट सटही प्रक्रिया सुरु गरेको थियो। साे समयमा ५ रुपैयाँको नयाँ नोटको सटही गर्दा, १ देखि १०० रुपैयाँसम्मका पुराना सुकिला नोटहरू पनि बजारमा पठाइएको थियो।

यस पर्वको तयारीका क्रममा, राष्ट्र बैंकले ६२ अर्ब रुपैयाँ भन्दा बढीका सुकिला नोटहरू सटही र अन्य उच्च मूल्यका नोटहरू बजारमा पठाएको तथ्यांक सार्वजनिक गरेको छ।

दशैं सुरु हुनु अघिको २८ भदौमा चलन चल्तीमा रहेका नोटहरूको कुल रकम ७ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो। दशैंको मुख्य दिनहरूमा कारोबार बढे सँगै यो रकम ११ असोज सम्ममा बढेर ७ खर्ब ९३ अर्ब ७९ करोड रुपैयाँ पुगेको थियो। दशैं सकिएपछि १९ असोजमा बजारमा चलन चल्तीका नोटहरूको रकम झन् वृद्धि भएर ८ खर्ब १ अर्ब १४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार १७:४९