आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
२१ असोज, काठमाडौं । दशैंपछि पहिलोचोटी खुलेको बजारमा भारी अंकको गिरावट आएको छ । यस दिन नेप्से ५८.५५ अंकले घटेर २६०४.९६ को बिन्दुमा बन्द भएको छ । आज विभिन्न सेक्टरका ३२६ वटा कम्पनीको १ करोड तीन लाख कित्ता सेयर कारोबार हुदाँ चार अर्ब ६२ करोड ९० लाख रुपैयाँको कुल कारोबार भएको छ ।
आज सेन्चुरी डिबेन्चर २०८८ को सेयरमूल्य सकारात्मक सर्किट लागेको छ। त्यसैगरी एनआईसी एशिया ऋणपत्र २०८८ को सेयरमूल्य ९.११ प्रतिशतले बढेको छ भने १०.३०% स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेन्चरको सेयरमूल्य ९.०६,सिक्लेस हाइड्रोपावरको ७.७२ प्रतिशत र थ्री स्टार हाइड्रोपावरको सेयरमूल्य ६.६० प्रतिशतले बढेको छ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार १५:१८













