युनियन हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार
२१ असोज, काठमाडौं । दशैंपछि पहिलोचोटी खुलेको बजारमा भारी अंकको गिरावट आएको छ । यस दिन नेप्से ५८.५५ अंकले घटेर २६०४.९६ को बिन्दुमा बन्द भएको छ । आज विभिन्न सेक्टरका ३२६ वटा कम्पनीको १ करोड तीन लाख कित्ता सेयर कारोबार हुदाँ चार अर्ब ६२ करोड ९० लाख रुपैयाँको कुल कारोबार भएको छ ।
यस दिन युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन २८ करोड ३१ लाख रुपैयाँको कारोबार भएको हो । त्यस्तै, यस दिन नेपाल रिको १९ करोड ४५ लाख रुपैयाँ, हिमालयन रिको १२ करोड ६१ लाख रुपैयाँ र शिवम् सिमेन्टको १२ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार १५:१३













