४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

सागर डिस्टिलरीको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?

२१  असोज, काठमाडाैं । सागर डिस्टिलरीको आइपीओ बाँडफाँड भइसकेको छ।  यतिबेला कम्पनीको आइपीओले पहिलो कारोबारका लागि कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने सबैको चासाेकाे बिषय बनेकाे छ । कम्पनीको आईपीओ बाँडफाँड भएसँगै आईपीओ पर्ने आम लगानीकर्ताहरूलाई उक्त कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासो लाग्नु स्वभाविक पनि हाे ।

कम्पनीको सेयरले पहिलो कारोबारका लागि १०६ रुपैयाँ ५२ पैसादेखि अधिकतम ३१९ रूपैयाँ ५६ पैसा ओपनिङ रेन्ज पाउने देखिएको छ। नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । सागर डिस्टिलरीको आर्थिक वर्ष २०८०/८१ को वास्तविक प्रतिसेयर नेटवर्थ १०६ रूपैयाँ ५२ पैसा रहेको छ।

प्रकाशित मिति : 14:06