विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी
२१ असोज, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी छ । प्रधानमन्त्री कार्यालयमा अहिले बैठक बसिरहेको हो ।
बैठकमा सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री साथै विज्ञ सदस्यको रुपमा पूर्वमन्त्री डा। गंगालाल तुलाधर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, प्रधानसेनापति र गृहमन्त्रालयका सचिव सहभागी छन् ।
बैठकमा बाढीपहिरोबाट आइपरेको विपत्तीका विषयमा छलफल हुने बताइएको छ । बैठकका लागि पीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक सञ्चालन गर्ने लगायतका एजेण्डा तय गरिएको छ ।
प्रकाशित मिति : 13:11









