१७ पुष २०८२, बिहीबार | Thu Jan 1 2026

प्रमुख आयुक्तलगायतको राजीनामा माग माग्दै जेनजी अख्तियारमा

२१ असाेज, काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितको राजीनामा माग गर्न जेनजी मंगलबार अख्तियारको कार्यालय टंगाल पुगेको छ।

प्रमुख आयुक्त राई र सबै आयुक्तको राजीनामा माग गर्दै उनीहरु आज बिहान अख्तियार कार्यालय पुगेर पत्र बुझाएको हो। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा संसदीय सुनुवाइबिना नै प्रमुख आयुक्तको नियुक्ति भएको र यसले निष्पक्षतामा प्रश्न उठाएको उल्लेख गरेका छन्।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार ११:२०