दशैँ बिदापछि आजदेखि खुल्दै सेयर कारोबार, कस्तो रहला बजार ?
२१ असोज, काठमाडौं । दशैँ बिदापछि आजदेखि शेयर कारोबार खुल्दैछ। दशैँ अघिको अन्तिम कारोबार दिन असोज १२ गते नेप्से परिसूचक दोहोरो अंकले बढेको थियो । त्यस दिन नेप्से परिसूचक ११.५१ अंकले बढेर २६६३.५१ विन्दुमा पुगेको थियो ।
विगतलाई हेर्दा दशैँ तिहार बिचका सेयर बजार सुस्त हुने गरेको छ । यद्यपी दशैंअघि सेयर बजारमा वृद्धि देखिएकाले आज पनि बजार बढ्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार १०:४०













