११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

छुट्ला है ! एक कम्पनीको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

२० असोज, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि असोज २१ गते अन्तिम दिन रहेको छ। कम्पनीको १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन हो ।

कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरणका लागि असोज २२ गते बुक क्लोज गर्दैछ। यसको अर्थ भोलिसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले उक्त लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

कम्पनीले असोज ३१ गते नयाँ बानेश्वरको थापागाउँ ब्याङ्केटमा बिहान ११ बजेदेखि सभा बोलाएको छ । उक्त सभाले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति तथा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि आवश्यक कार्य गर्न, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न र रजिष्टर्ड कार्यालय स्थान संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

त्यसैगरी गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभाका लागि तय गरिएका छन्।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार १४:३३