२४ भदौ २०८३, बुधबार | Thu Sep 10 2026

नेप्सेमा एक कम्पनीको सेयरमूल्य समायोजन

२० असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भगवति हाइड्रोपावर डेभलपमेन्टको सेयरमूल्य समायोजन भएको छ। नेप्सेले कम्पनीको १४ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको सेयरमूल्य ८२५ रुपैयाँ ३५ पैसा कायम भएको छ।

नेप्सेले दशैँ अघिको अन्तिम कारोबार मूल्यको आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। दशैँ अघि कम्पनीको सेयर प्रतिकित्ता ९४० रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो। सोहीसमायोजित मूल्यलाई आधार मानेर भोली कम्पनीको सेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति : October 6, 2025 at 1:22 pm