२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

जेनजी आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेष्टले गर्यो झण्डै २२ करोड भुक्तानी

२० असाेज, काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले जेनजी आन्दोलनको बीमा दावी भुक्तानीमा गरेकाे छ । कम्पनीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको यथासिघ्र दावी भुक्तानी गर्ने प्रक्रिया आरम्भ गरेको हाे । हिमालयन एभरेष्टमार्फत बिमा भई क्षतिपूर्ति दावी गरिएका २८७ वटा दाबीमध्ये हालसम्म २४५ वटा दावी बापत १ करोड ७४ लाख ४५ हजार ८३१ रुपैयाँ भुक्तानी गरेको हाे ।

कम्पनीका अनुसार यो रकम आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरूको अग्रिम तथा अन्तिम दाबी भुक्तानी दुवै समेटिएको हो । कम्पनीको उक्त बीमा दावी भुक्तानीले बीमितलाई निकै सहज र बीमा कम्पनीप्रति विश्वास अझै बढेको कम्पनीले विश्वास व्यक्त गरेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सका बीमा दाबी विभाग प्रमुख रोज राज लुइँटेलले कम्पनी नियामकीय प्रावधानभित्र रही सरल र सहज दाबी भुक्तानीका लागि प्रतिवद्ध रहेको बताउनुभयो ।

साथै, उच्च प्राथमिकताका साथ भई रहेको दावी भुक्तानी २१ गते मंगलबारबाट पुन: यथावत हुने कम्पनीले जनाएको छ । हिमालयन एभरेस्ट इन्स्योरेन्सले विषम परिस्थितिलाई ध्यानमा राख्दै, बीमित ग्राहकको सुविधा र आर्थिक राहतका लागि शीघ्र भुक्तानी प्रक्रिया अघि बढाएकोजनाएकाे छ ।  यस प्रयासले बीमितलाई विषम परिस्थितिमा आर्थिक राहत र संरक्षण सुनिश्चितता प्रदान गर्ने उद्देश्य राखेको कम्पनीले उल्लेख गरेको छ।

कम्पनीले अझै बाँकी रहेका बीमित दाबीधारकलाई आवश्यक कागजात पूरा गरी नजिकैको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार १३:०७