वर्षाले क्षति भएका सम्पत्तिको दावी गर्न बीमितलाई सानिमा जिआईसीकाे आग्रह
२० असोज, काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले हालै देशव्यापी रुपमा भएको अविरल वर्षाले बीमा गरिएका सम्पत्तिको क्षति भएमा शीघ्र दावी गर्न बीमितलाई आग्रह गरेको छ । कम्पनीले सोमबार एक सूचना जारी गर्दै सानिमा जिआइसी इन्स्योरेन्समा बीमा रहेका सम्पत्तिहरुमा भएको क्षतिको दावी निवेदन दिन आग्रह गरेको हो ।
उक्त प्रयोजनको लागि कम्पनीले सरल र सहज रुपमा बीमा दावी भुक्तानी गर्ने उद्देश्यले दुई जना कर्मचारीहरुको सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ । बीमा दावी परेका बीमितहरुले कर्मचारीहरू विजय पोखरेल र निरज पौडेललाई सम्पर्क गर्न कम्पनीले आग्रह गरेको हो ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार १२:०७












