जेनजी विद्रोहमा प्रहरीसँग गोली ठोक भन्दै चिच्याउने यमबहादुरले आमाको हत्या गरे
२० असोज, धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेलले आमा ५५ वर्षीया राममाया कँडेलको हत्या गरेका छन । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक भेषराज रिजालले हत्या भएको पुष्टि गर्दै आमाको हत्यामामा संलग्न कडेँललाई पक्रउ गरिएको जानकारी दिनुभयो ।
परिवारका सदस्य र गाउँलेहरूले भने यमबहादुरमा मानसिक समस्या देखिएकाले आज सोमबार काठमाडौँ लैजाने तयारी गरेको बताउँदै तर आइतबार नै उनले खाना पस्किरहेको आमालाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको उल्लेख गरेका छन ।

यमबहादुर जेनजी बिद्रोहमा नयाँबानेश्वर चोकमा प्रहरीसँग विवाद गरेर भाइरल बनेका थिए । उनले प्रहरीसँग गरेको विवादको भिडियो हेर्दा उनी त्यस समयमै मानसिक समस्याले ग्रस्त देखिएका छन । उनले जेनजी विद्रोहमा प्रहरीसँग गोली ठोक भन्दै चिच्याएको भिडियो सञ्जालमा फेरि भाइरल बनेको छ ।
प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार १२:३३












