आज पनि सेयर बजार बन्द रहने
२० असोज, काठमाडौं । सोमबार पनि सेयर कारोबार बन्द नै रहने भएको छ। असोज १३ गतेदेखि बन्द रहेको सेयर बजार भोलिबाट मात्रै खुल्ने भएको हो ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सोमबारको बिदा कटौती गरेर सबै प्रकारका कार्यालय खोल्न निर्देशन दिएपनि नेप्सेले भने आज सेयर कारोबार नखुलाउने भएको हो।
प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार १०:४३













