प्रभु महालक्ष्मी लाइफको १ लाख ४२ हजार कित्ता सेयर बिक्रीमा, मूल्य कति ?
२० असोज, काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख ४२ हजार ३०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले यी सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०३ रुपैयाँ निर्धारण गरेको छ । सो सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सम्पूर्ण कित्ताका लागि असोज १९ गतेदेखि असोज २२ गतेभित्र बोलपत्र पेश गरिसक्नु पर्नेछ ।
सो सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीका साथै सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था लगायत इच्छुक सबैले बोलपत्र पेश गर्न सक्नेछन् ।
प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार १०:३८










