२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

जेनजीको नाममा असुली धन्दा चलाएको भन्दै ककनीका गुरूङ पक्राउ

१९ असोज, काठमाडाैँ । जेनजीको नाममा असुली धन्दा चलाएको भन्दै ककनीका युवराज गुरूङ पक्राउ परेका छन । सानुभाइ भनेर  चिनिने गुरूङले विभिन्न व्यवसायीलाई धाकधम्की दिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले पछिल्लो समय आफूलाई जेनजी भन्दै उनले केही व्यावसायिक व्यक्तिलाई धम्क्याएको जानकारी दिनुभयो ।

गुरूङ यसअघि ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि आक्रमण गरेकोआरोपमा पक्राउ परेका थिए । उनी नेपाली कांग्रेस निकटका व्यक्ति हुन ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आईतवार २२:००