११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

गौरीबहादुर कार्कीलाई जाँचबुझ आयोगका अध्यक्ष छाड्न एमालेको आग्रह

१३ असोज, काठमाडौँ । जेनजी विद्रोहको घटना जाँचबुझका लागि गठन भएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई काम छाडेर बाटो लाग्न आग्रह गरेको छ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले समाजिक सञ्जाल मार्फत अध्यक्ष छाडेर बाटो लाग्न आग्रह गर्नुभएको हो ।

उहाँले फेसबुक मार्फत कार्कीको नेतृत्वमा निष्पक्ष छानविन हुनसक्ने अवस्था नदेखिएको र कार्कीमा न्यायिक मन र हैसियत दुबै नभएको उल्लेख गर्नुभएको छ । थापाले भन्नुभएको छ, ‘गौरीबहादुर कार्की श्रीमान् तपाईंबाट निष्पक्ष छानविन हुनसक्ने न्यायिक मन र हैसियत दुबै देखिएन। निन्दा र भर्त्सनाको भुमरीमा नपर्नुस, छाडेर बाटो लागिकन इज्जत जोगाउनुस !’

dainiki.com

कार्की नेतृत्वको आयोगले आइतबार एमाले अध्यक्ष समेत रहनुभएको जेनजी विद्रोह दमन गर्ने सरकारका प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनालाई काठमाडौँ उपत्यका समेत छाड्न नमिल्ने गरी राहादानी रोक्का गर्ने निर्णय गरेर गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयमा पत्राचार गरेपछि एमाले र एमालेका नेताहरूले त्यसको चर्को बिरोध गरिरहेका छन ।

एमालेका धेरै नेताले कार्कीले जेनजी विद्रोहका समयमा सामाजिक सञ्जालमा लेखेका टिप्पणी स्क्रिनसर्ट सामजिक सञ्जालमा सेयर गर्दै छानविन समिति छाड्न आग्रह गरिरहेका छन । पूर्व न्यायाधीश कार्कीले भ्रष्टाचार र अनियमितताको विषमाय लेख्ने र बोल्ने गर्दै आउनुभएको छ । उहाँ विशेष अदालतको पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।

प्रकाशित मिति : September 29, 2025 at 8:18 pm