४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

एक महिना अघि नै देश छाडेका भुषण राणाको अपार्टमेन्टमा प्रहरीको छापा

१२ असोज, काठमाडौं । पूर्व परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको भाइ भूषण राणाको ललितपुरको जवलाखेलमा रहेको सरोवर रेसिडेन्सी सर्भिस अपार्टमेन्ट होलटलमा प्रहरीको छापा मारेको छ । प्रहरीले होटलमा छापा मार्दा राणाले भने एक महिना अघि नै देश छाडेर हिँडेको खुलासा भएको छ ।

भिनाजु कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र दिदी आरजुका लागि ठूला ठेक्कापट्टा र लेनदेनको काम गर्ने प्रमुख पात्र राणा एक महिनादेखि युरोपमा रहेको खुलेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले ललितपुर प्रहरीको सहयोगमा जावलाखेलमा रहेको राणाको अपार्टमेन्ट होटलमा छापा मारेको हो ।

आइतबार दिउँसो प्रहरीले छापा मारेर राणाको अपार्टमेन्ट होटलबाट के के बरामद गर्यो भन्ने केही खुलेको छैन । तर प्रहरी स्रोतले केही महत्वपूर्ण कागजात भेटेको दाबी गरेकोछ छ । जेनजी विद्रोहमा भदौ २४ गते देउवा निवासमा थुपै पैसा जलेपछि सम्पत्ति शुद्धिकरण विभागले नोटका टुक्रा र खरानी जम्मा गरेर अनुसन्धान गरिरहेको समयमा सिआईबीले शंकास्पद कारोबारमा संलग्न भएका राणाको निवासमा खानतलासी गरेको हो ।

dainiki.com

प्रहरीले नियमित काम अन्तर्गत नै केही विषयमा बुझ्नुपर्ने भएकाले खानतलासी गरेको बुझिएको छ । शेरबहादुर र आरजुका नाममा हुने नियुक्ति र ठूला डिलको काम भुषणले गर्दै आएको कुरा नेपाली कांग्रेसका नेताहरूले नै बताउँदै आएका थिए । नेपाल राष्ट्र बैंकको गभर्नरको छनौटको समयमा एब बाणिज्य बैंक छाडेर गभर्नर हुन लालयित भएका एक व्यक्तिबाट पाँच करोड रूपैयाँ लिएर अष्ट्रेलिया उडेको कुरा त्यतिबेलै चर्चा हुने गरेको थियो ।

राणा करिब २० वर्षअघि महालक्ष्मी विकास बैंकको कर्मचारी हुँदा एउटा सामान्य मोटरसाइकलमा हिड्थे तर पछिल्लो समय दिदी भिनाजुको नाममा पैसा असुल्न थालेपछि अर्बपति भएका थिए । जति पनि ठूला ठेक्कापट्टामा राणाले डिल गरेर पैसा उठाउने गरेको सूचना प्रहरीकोमा पुगेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आईतवार २२:५३