ओलीलाई उपत्यका छाड्न प्रतिबन्ध, पासपोर्ट रोक्का
१२ असोज, काठमाडौं । सरकारले जेनजी बिद्रोहमा चरम दमन गर्ने सरकारका प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहितलाई उपत्यका छाड्न रोक लगाएको छ । गौरीबहादुर कार्की नेतृत्वको जाँजबुझ आयोगले उपत्यका छाड्न रोक लगाएको हो ।
आयोगले आइतबार गृहमन्त्रालयमा पत्राचार गरेको अध्यक्ष कार्कीले दैनिकीलाई जानकारी दिनुभयो । ओलीसँगै पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख हुतराज थापा र काठमाडाैँका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई पनि उपत्यका छाड्न रोक लगाईएको छ । उहाँहरू सबैको पासपोर्ट रोक्काको निर्णय पनि भएको छ ।
यस्तो छ आयोगको निर्णय

प्रकाशित मिति : १२ आश्विन २०८२, आईतवार १८:०९








