हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा दिए निवेदन
१२ असोज, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गर्नुभएको छ ।
साम्पाङले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिनुभएको हो । साम्पाङ आफैं उपस्थित भएर दल दर्ताका लागि निवेदन दिनुभएको हो ।
प्रकाशित मिति : १२ आश्विन २०८२, आईतवार १६:०९








