११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026

दशैंअघि यी कम्पनीका लगानीकर्ता भए मालामाल

१२ असोज, काठमाडौं । दशैँ अघिको अन्तिम कारोबार दिन आइतबार नेप्से परिसूचक ११.५१ अंकले बढेर २६६३.५१ विन्दुमा पुगेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। गत बिहीबार ३ अर्ब २६ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ३९ हजार ८५९ पटकको कारोबारमा २ अर्ब ९३ करोड ५९ लाख १४ हजार रुपैयाँबराबरको ७५ लाख ११ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज ग्लोबल आइएमई समुन्नत योजना–२ को सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, यस दिन भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ७.७८ प्रतिशतले बढेको छ भने युनियन हाइड्रोपावरको सेयरमूल्य ५.३३ प्रतिशतले बढेको छ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आईतवार १५:३९