११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026

युनियन हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार

१२ असोज, काठमाडौं । दशैँ अघिको अन्तिम कारोबार दिन आइतबार नेप्से परिसूचक ११.५१ अंकले बढेर २६६३.५१ विन्दुमा पुगेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। गत बिहीबार ३ अर्ब २६ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ३९ हजार ८५९ पटकको कारोबारमा २ अर्ब ९३ करोड ५९ लाख १४ हजार रुपैयाँबराबरको ७५ लाख ११ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन युनियन हाइड्रोपावर लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे २४ करोड ११ लाख रुपैयाँको काराेबार भएकाे छ । त्यस्तै, यस दिन नेपाल रिको ११ करोड रुपैयाँ, शिवम् सिमेन्टको ८ करोड १३ लाख रुपैयाँ, एनएमबी बैंक प्रोमोटर सेयरको ८ करोड १३ लाख रुपैयाँकाे काराेबार भएकाे छ ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आईतवार १५:३५