दशैँ अघिको अन्तिम कारोबारको दिन बढ्यो नेप्से
१२ असोज, काठमाडौं । दशैँ अघिको अन्तिम कारोबार दिन आइतबार नेप्से परिसूचक ११.५१ अंकले बढेर २६६३.५१ विन्दुमा पुगेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। गत बिहीबार ३ अर्ब २६ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ३९ हजार ८५९ पटकको कारोबारमा २ अर्ब ९३ करोड ५९ लाख १४ हजार रुपैयाँबराबरको ७५ लाख ११ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएको सिक्लेस हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ। यूनियन हाइड्रोपावरको यस दिन सर्वाधिक कारोबार भएको छ ।
प्रकाशित मिति : १२ आश्विन २०८२, आईतवार १५:३०













