भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १ करोड सहयोग प्रदान
१२ असाेज, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा)ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारले हालै स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।
गत भदौ २३ र २४ गते मुलुकभर भएको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनाहरुमा आगजनी र तोडफोड भई ठूलो क्षति भएकोमा त्यस्ता भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायतका सरकारले पुनर्निर्माण कोष स्थापना गरेको थियो। सोही कार्यमा सहयोग पुर्याउन निफ्राले कोषमा सहयोग गरेको हो।
उक्त सहयोग रकम बराबरको चेक निफ्राका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले आज अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका छन्।
प्रकाशित मिति : September 28, 2025 at 3:11 pm









