२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता कात्तिक १७ गतेभित्र बुझाउन अल्टिमेटम

१२ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता बुझाउन २१ दिने अल्टिमेटम दिएको छ ।आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले १७ कात्तिकभित्र बक्यौता बुझाउन उद्योगीहरुलाई अल्टिमेटम दिएको हो ।

प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फन विद्युत उपभोग गरेवापत २०७२ माघदेखि २०७५ बैशाख महिनासम्मको बिद्युत महशुल बक्यौता रकम बुझाउन समयसीमा निर्धारण गरेको हो ।

बक्यौता महशुल मासिक किस्ताबन्दीमा रकम भुक्तानी गर्न इच्छुक उपभोक्तालाई बढिमा २८ महिनाको किस्ताबन्दीको सुविधा उपलब्ध गराउने व्यवस्था पनि प्राधिकरणले गरेको छ । यदि, तोकिएको अवधिमा महशुल बक्यौता नबुझाए उद्योगको लाइन समेत काटिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आईतवार १३:१२