लाभांश प्रस्तावसहित भगवति हाइड्रोपावरले बाेलायाे साधारण सभा
१२ असोज, काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको छ ।
कम्पनीले कात्तिक २ गते आव्या क्लब, घारीपाटन, पोखरामा २५ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे सुरु हुनेछ।सभाले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ६ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले कम्पनीको जारी पूँजी वृद्धि गर्ने, सो अनुसार कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, सञ्चालक समितिको गटन र संख्या परिवर्तन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसको अर्थ असोज २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीको साधारण सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रकाशित मिति : September 28, 2025 at 12:46 pm









