११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

आरएसडिसी लघुवित्तले घोषणा गर्यो लाभांश

१२ असोज, काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

असोज ११ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात  सेयरधनीका लागि उक्त लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आईतवार १२:००