१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

सागर डिष्टिलरीको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

१२ असाेज, काठमाडाैं । सागर डिष्टिलरीको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँड भएको हो।

कम्पनीले गत भदौ ३० गतेदेखि असोज ९ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूलयका ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको ११ लाख ९० हजार ६४० कित्ता सेयर निष्काशन गरेको थियो।

सो निष्काशनमा कुल २२ लाख २७ हजार ५०३ जनाले २ करोड ४२ लाख ८० हजार ५८० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २१ लाख ९३ हजार ८२३ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख १९ हजार ६४ आवेदकले १० कित्ता सेयर प्राप्त गरेका छन्। आईपीओको नतिजा केही बेरमाआईपीओको नतिजा आईपीओको नतिजा सीडीएससीले आईपीओ हेर्न बनाएको बेवसाइट: https://iporesult.cdsc.com.np/ ,बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट: https://muktinathcapital.com/share-allotment बाट मेरो शेयर एपः https://meroshare.cdsc.com.np/#/login आईपीओको नतिजा

प्रकाशित मिति : १२ आश्विन २०८२, आईतवार ११:५०