नुवाकोटको माझीटारमा इभी दुर्घटना
१२ असोज, नुवाकोट । नुवाकोटको माझीटारमा एउटा इभी दुर्घटनामा परेको छ । देवीघाटबाट काठमाडौँका लागि जाँदै गरेको इभी पासाङल्हामु राजमार्गको माझीटारमा दुर्घटनामा परेको हो । इभी सडकबाट पाँच मिटर तल बारीमा पुगेको छ ।

विदुर नगरपालिकाको वडा नम्बर ५ को वडा कार्यालय नजिकै ००१ ज ४६८ नम्बरको इभी दुर्घटनामा मानवीय क्षति नभएको र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । आइतबार बिहान दसैँका यात्रु लिन काठमाडाैँका लागि तीव्रगतिमा हिँडेको इभी दुर्घटनामा परेको हो । यसअघि हिजो मध्यपहाडी लोकमार्गमा पर्ने लिखुमा पनि यसै गरी इभी दुर्घटनामा परेको थियो ।
प्रकाशित मिति : १२ आश्विन २०८२, आईतवार ०८:५४












