हामी हा हुँबाट बनेको सरकारलाई देश छाडेर भाग्दैनौँः केपी शर्मा ओली
११ असोज, काठमाडौँ । प्रधानमन्त्रीबाट राजीनामा दिएर बालुवाटारबाट भागेको १८ दिनपछि भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा कार्यालयको प्रांगणमा युवा संघले गरेको कार्यक्रमबाट सार्वजनिक सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हा हुँबाट बानेको सरकारलाई देश छाडेर नभाग्ने बताउनुभएको छ ।
शनिबार सय भन्दा बढी सहभागी रहेको युवा संघको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकारलाई देश छाडेर आफूहरु नभाग्ने स्पष्ट पार्नुभयो । शीर्ष नेताको पासपोर्ट रद्द गर्ने चर्चा चलिरहेको भन्दै उहाँले हाहुँबाट बनेको सरकारलाई छाडेर आफूहरु विदेश नभाग्ने दाबी गर्नुभएको हो ।

प्रकाशित मिति : September 27, 2025 at 1:38 pm









