पार्टीका सबै नेताको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने प्रचण्डको घोषणा
१० असाेज, काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गर्नुभएकाे छ । काठमाडौंको प्रज्ञा भवनमा पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले सम्पत्ति छानबिन आयोग गठन गर्ने घोषणा गर्नुभएकाे हाे ।
यसका साथै उहाँले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औंउनुभयाे ।
प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार १७:४८








