२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

पूर्वपदाधिकारीले कानूनविपरीत सुविधा कटौती गर्न गृह र रक्षा मन्त्रालयलाई अर्थको पत्र

१० असोज, काठमाडौं । सेवानिवृत्ति राजनीतिक तथा प्रशासनिक पदाधिकारीले कानून विपरीत लिइरहेको सुविधा कटौती गर्न अर्थ मन्त्रालयले गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेको छ ।

प्रचलित कानून बमोजिम बाहेक लिइरहेको सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्न र अन्य सेवा सुविधा रोक्न अर्थले गृहलाई पत्राचार गरेको छ । मन्त्रिपरिषद्को असोज ५ गतेको बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययीता कायम गर्न विभिन्न निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्ने क्रममा अर्थले गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेको हो ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार १७:१३