१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

हिमालयन सेक्युरिटिजको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न, ८ प्रतिशत नगद लाभांश पारित

१० असाेज, काठमाडौँ । हिमालयन सेक्युरिटिज लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा कम्पनीको दर्ता कार्यालय, कमलादी, वडा नं. २८, काठमाडौं महानगरपालिका, काठमाडौंमा सम्पन्न भएको छ ।

सभाले कम्पनीको आ.व. २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण (वासलात, नाफा नोक्सानको हिसाव, नगद प्रवाह विवरण) लगायतका वार्षिक विवरण उपर छलफल गरी पारित गरेको छ । उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ८ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले आ.व. २०८२/८३ का लागि कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम एम.बी. श्रेष्ठ एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टस् लाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त सभामा सञ्चालक समितिका अध्यक्ष सुशिल जोशीले कम्पनीले छोटो समयमा नै हासिल गरेको उपलब्धीमा प्रकाश पार्नुभयो तथा कम्पनीले अनुपालना, सुशासन, आधुनिक प्रविधिको अनुशरणमा जोड दिई सर्वसुलभ रुपमा धितोपत्र दलाल सेवा उपलब्ध गराई उक्त क्षेत्रमा नेपालको एक नेतृत्वदायी भुमिका निभाउने मुख्य लक्ष्य रहेको समेत जानकारी गराए ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार १६:५६