२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

दुई महिनामा जीवन बीमाको व्यवसाय ३५ अर्ब २४ करोड

१० असोज, काठमाडौं । दुई महिनामै जीवन बीमाको व्यवसाय ३५ अर्ब नाघेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेकाे तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्मको अवधिमा ३५ अर्ब २४ करोड ९७ लाख २६ हजार रुपैयाँ बराबरको व्यापार गरेकाे छ। यो गत वर्षको सोही अवधिको तुलनामा १७.१५ प्रतिशत बढी हो । गत आवको भदौ मसान्तसम्म कम्पनीहरुले ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए ।

सो अवधिमा सबैभन्दा धेरै व्यापार गर्नेको पहिलोमा नेपाल लाइफ रहेकाे छ । कम्पनीले याे अवधिमा ९ अर्ब ६८ करोड ३२ लाख ९० हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ८ करोड ३ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । नेशनल लाइफ इन्स्योरेन्सले ३ अर्ब ९८ करोड २७ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । त्यस्तैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी)ले ३ अर्ब ३९ करोड ४२ लाख रुपैयाँ, हिमालयन लाइफले ३ अर्ब १७ करोड २३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

याे अवधिमा सूर्यज्योति लाइफले २ अर्ब १ करोड ५२ लाख, सिटिजन लाइफले १ अर्ब ५० करोड १३ लाख, एशियन लाइफले १ अर्ब ४८ करोड ४२ लाख, सानिमा रिलयान्सले १ अर्ब २० करोड ४२ लाख, आइएमई लाइफले १ अर्ब ५ करोड ५८ लाख, मेट लाइफले १ अर्ब ५ करोड ४९ लाख र रिलायबल नेपालले १ अर्ब १ करोड ४० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।

साथै,  प्रभू महालक्ष्मी लाइफले याे अवधिमा ९६ करोड ९८ लाख रुपैयाँ र सन नेपाल लाइफले ६० करोड ६६ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार १२:३३