२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

दुई महिनामा निर्जीवन बीमाको व्यवसाय ८ अर्ब १२ करोड, कुनको कति ?

१० असाेज, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को दुई महिनामा निर्जीवन बीमा कम्पनीहरुले८ अर्बमाथिको बीमाशुल्क संकलन गरेका छन् । चालु आवको भदौ मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ८ अर्ब १२ करोड ८१ लाख ८७ हजार रुपैयाँको ब्यवसाय गरेका हुन् ।

यो गत आवको तुलनामा ४.९२ प्रतिशत बढी हो । गत आवको साउन र भदौमा ती कम्पनीहरुले ७ अर्ब ७४ करोड ६७ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए ।

सो अवधिमा सबैभन्दा धेरै व्यापार गर्नेको पहिलोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेकाे छ । कम्पनीले ८९ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। शिखर इन्स्योरेन्स कम्पनीले ८४ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

सिद्धार्थ प्रिमियरले पनि ७७ करोड ३३ लाख ४० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।  हिमालयन एभरेष्ट इन्स्योरेन्सले ७१ करोड १७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तैगरी,  एनएलजी इन्स्योरेन्सले ६८ करोड ७५ लाख, आइजीआई प्रुडेन्सियलले ६२ करोड ९१ लाख, ओरियण्टलले ५९ करोड ५० लाख, नेकोले ५८ करोड १ लाख, युनाईटेड अजोडले ५७ करोड ४८ लाख, सानिमा जिआइसीले ४९ करोड ३७ लाख, नेपाल इन्स्योरेन्सले ३६ करोड ८२ लाख, नेशनल इन्स्योरेन्सले ३५ करोड २ लाख, प्रभूले ३२ करोड ३२ लाख र राष्ट्रिय बीमा कम्पनीले पनि २९ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

प्रकाशित मिति : September 26, 2025 at 10:42 am