नेपाल ल्युब आयलको सेयरमूल्य समायोजन
१० असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल ल्यूब आयलको सेयरमूल्य समायोजन भएको छ। नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको सेयरमूल्य २४४ रुपैयाँ ३३ पैसा कायम भएको छ।
नेप्सेले बिहीबारको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। बिहीबार कम्पनीको सेयर प्रतिकित्ता २९३ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७ लाख ६६ हजार ९८२ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
लाभांश पारित गर्न कम्पनीले असोज ३१ गते ललितपुरको पुल्चोकमा रहेको द प्लाजामा बिहान साढे ११ बजेदेखि वार्षिक साधारण सभा आयोजना गर्दैछ ।
प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार ०९:५३













