२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

छुट्ला है ! एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१० असोज, काठमाडौं । एसवाई प्यानल लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज ७ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ७ लाख ५८ हजार ७१९ कित्ता सेयर जारी गरेको थियो ।

जसमध्ये आज वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरिएको आईपीओ निष्कासन बन्द गर्न लागिएको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत भदौ १७ गते ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको रु। १०० अंकित दरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।

जसमध्ये जारीपूँजीको २ प्रतिशत अर्थात रु। १०० अंकित दरका २ लाख ६१ हजार ६२७ सय कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र सर्वसाधारणका लागि छुट्टाइएको मध्येबाट १० प्रतिशत अर्थात ४ लाख ९७ हजार ०९२ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिएको छ ।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : September 26, 2025 at 9:40 am