अनलाइन सञ्चारमाध्यम दर्ता अब सूचना विभागबाटै हुने
९ असोज, काठमाडौं । अनलाइन सञ्चारमाध्यम अब सूचना विभागबाटै दर्ता गर्न सकिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले बताउनुभयो ।
“अब अनलाइन दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयबाट गर्नुपर्ने छैन । सूचना विभागबाटै गर्न सकिनेछ,” उहाँले भन्नुभयाे
प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार १८:४४








