बालेनको रहर अन्तरिम सरकारले पूरा गर्न नसक्ने, यस्तो छ प्रधानमन्त्रीको निष्कर्ष
९ असोज, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालको शासकीय प्रणालीको परिवर्तन अहिले असम्भव रहेको बताउनुभएको छ । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकारको कार्यक्षेत्र भित्र शासकीय प्रणालीको परिवर्तन नभएको उल्लेख गर्दै यसको आवश्यक पर्दा संवैधानिक प्रक्रियाबाटै संशोधन गर्न आह्वान गर्नुभएको छ ।
जेनजी पुस्ताको माग भनेर काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले आफ्नो विभिन्न समूह परिचालन गरेर यस विषय चर्को रूपमा उठान गरिरहेको समयमा प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।

उहाँले यो सरकार चुनावी सरकारमात्र भएकाले मुख्य ध्यान त्यतातर्फ केन्द्रीत हुने बताउनुभयो । उहाँले वर्तमान सरकार चुनावको मूल लक्ष्य चुनाव भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘शासकीय प्रणालीको संशोधन विषय वर्ततमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर भएकाले ले संवैधानिक प्रक्रियाबाटै संविधान संशोधनको गर्न आह्वन गर्दछु ।’
प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार १८:४०








