सेयर कर्जामा २५ करोडको सिमा हट्ने, यस्तो छ कार्यदलले बुझाएको प्रतिवेदन ( पूर्णपाठ)
९ असाेज, काठमाडाैं । पुँजीबजारकाे समस्या अध्ययन गर्न अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको कार्यदलले प्रतिवेदन बुझाएको छ । अर्थमन्त्री खनालले असोज ३ गते धितोपत्र बोर्डको कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गर्नुभएकाे थियाे ।
मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक सीमा २५ करोडलाई हटाउनेसहितका सुझाव प्रतिवदेनमा दिइएको छ ।
प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार १७:५८













