नेप्सेमा ४० लाख कित्ता सेयर सूचीकृत
९ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा तेह्रथुम पावर कम्पनीको शतप्रतिशत हकप्रद सूचीकृत भएको हो ।
नेप्सेमा कम्पनीको कुल ४० लाख कित्ता हकप्रद सूचीकृत भएको हो । सूचीकृत हकप्रद सेयर आइतबारदेखि कारोबारमा आउनेछ ।
प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार १६:३९













