११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026

पूँजीबजारको समस्या अध्ययन गर्न अर्थमन्त्रीले गठन गरेको कार्यदलले बुझायो प्रतिवेदन

९ असोज, काठमाडौं । पूँजी बजारको समस्या अध्ययन गर्न अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको कार्यदलले पूँजीबजारको सुधारका सुझावहरु समेटेर अर्थमन्त्रालयमा प्रतिवेदन बुझाएको छ ।  अर्थमन्त्री खनाललाई आज उक्त प्रतिवेदन बुझाइएको हो ।

गत शुक्रवार अर्थमन्त्री खनालले नेपाल धितोपत्र बोर्डका कामु निर्देशक रुपेश केसीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गर्नुभएको थियो  । कार्यदललाई ५ दिनभित्र सुझाव तथा कार्यान्वयन कार्य योजना पेस गर्न भनेको थियो। सोही कारण आजै कार्यदलले प्रतिवेदन बुझाएको हो।  उक्त प्रतिवेदन मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक हुनेछ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार १५:५०