झिनो अंकले घट्यो नेप्से, ३ अर्ब २६ करोडको कारोबार
९ असोज, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से २.३५ अकंले घटेर २६५२.०० बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको ७९ लाख ५३ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २६ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको ३० करोड ९ लाख रुपैयाँको कारोबार भएको हो । यस दिन हिम स्टार उर्जाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । सिटि होटलको सेयरमूल्य यस दिन सर्वाधिक ७.५५ प्रतिशत घटेको छ।
प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार १५:२९














