१४ पुष २०८२, सोमबार | Mon Dec 29 2025

एकै पटक २० हजार बढी नयाँ निजामती कर्मचारी भर्ना गर्ने तयारीमा सरकार

१२ माघ, काठमाडाैँ । सरकारले एकै पटक २० हजार बढी नयाँ कर्मचारी भर्ना गर्ने  तयारी गरेको छ । सरकारले संघ, प्रदेश र स्थानीय तहमा गरी २० हजार नयाँ कर्मचारी भर्ना गर्ने तयारी गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी फागुनभित्र सरकारले नयाँ २० हजार निजामती कर्मचारी माग गर्न लागेको जानकारी दिएका छन । मन्त्री पण्डितले केन्द्र, प्रदेश र स्थानीय तहमा संघीय लोकतान्त्रिक प्रणाली व्यवस्थित गर्न उक्त संख्यामा कर्मचारी आवश्यक पर्ने बताए।

उनले माघ महिनाभित्र कर्मचारी समायोजनको कार्य सम्पन्न गर्ने र त्यसपछि तीनै तहलाई आवश्यक कर्मचारी लोकसेवाबाट पदपूर्ति गरिने जानकारी दिए।

प्रकाशित मिति : १२ माघ २०७५, शनिबार २२:४४