थोत्रा र पुराना दलका नेता सच्चिनेवाला छैनन्: बाबुराम भट्टराई
९ असोज, काठमाडौ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले पुराना दलका नेताहरू नसच्चिने बताउनुभएको छ ।
बिहीबार पत्रकार सम्मेलनमा बोल्दै उहाँले पुराना र थोत्रा पार्टीका नेता सच्चिने सम्भावना नरहेको बताउनुभएको हो । ‘पुराना थोत्रा पार्टीका नेताहरू सच्चिनेवाला छैनन्। कांग्रेस, एमाले, माओवादी सच्चिने म कुनै सम्भवना देख्दिन’ उहाँले भन्नुभयो । साथै, अब नयाँ र वैकल्पिक शक्तिहरुले देशको नेतृत्व लिनुपर्ने उहाँले बताउनुभयो ।
प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार १३:०८








