माओवादी बैठकमा होहल्ला, पत्रकारलाई बाहिर निकालियो
९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको सुरुमै होहल्ला भएपछि पत्रकारहरुलाई बाहिर निकालिएको छ । बैठक उदघाटन समारोहको रिपोर्टिङ गर्न गएका पत्रकारहरुलाइ बाहिर निकालिएको हो ।
बैठकको सुरुमै नेताहरु सुदन किराँती, रञ्जित तामाङ लगायतले बैठकमा प्रत्येक सदस्यहरु बोल्न पाउनुपर्ने माग राखेका थिए । तर पार्टीले भौगोलिक र गैरभौगोलिक समूहमा छलफल गरेर टोली नेताले बैठकमा धारणा राख्ने तयारी गरिएको थियो । त्यसको विरोध गर्दै प्रत्येक सदस्यले बोल्न पाउनुपर्ने माग उठेपछि बैठक हलमा होहल्ला भएको थियो । त्यसपछि महासचिव देव गुरुङले पत्रकारहरुलाई बाहिर गइदिन भनेका हुन् ।
प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार १२:४७








