१० चैत्र २०८२, मंगलवार | Wed Mar 25 2026

इष्टर्न हाइड्रोपावरको लकइन अवधि सकिँदै

९ असोज, काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडको लकइन अवधि कात्तिक १६ गते समाप्त हुने भएको छ । कम्पनीको ५५ लाख ४१ हजार २९५ कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।

कुल सेयरमा संस्थापक समूहको ४९ लाख ६० हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी ५ लाख ६९ हजार ६९० कित्ता र कर्मचारीहरुका लागि बाँडफाँड गरिएको ११ हजार ६०५ कित्ता रहेको छ ।

सार्वजनिक निष्काशन गरि सेयर बाँडफाँड गरेको ३ वर्षसम्म कम्पनीको संस्थापक, र कम्पनीका कर्मचारीले सेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ । लकइन अवधि खुलेपछि भने संस्थापक, र कर्मचारीले ति सेयर बिक्री गर्न सक्नेछन् ।कम्पनीको सञ्चालक समितिका सदस्यहरु र कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरुको हकमा नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार १२:१७